बझाङमा नाबालिकाको घाँटी थिचेर हत्या, अभियुक्त पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

बझाङ – जिल्लाको सुर्मा गाउँपालिका–१ नउलामा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। ३२ वर्षीय प्रेमबहादुर बोहराले गीता साउँदको घाँटी थिचेर हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला वन डोटी

प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ की २० वर्षीया मनकला साउँदलाई २०८१ भदौ २२ गते विवाह गरेर ल्याएका थिए। उनीहरूबीच विवाद भएपछि उनले क्रोधमा आएर नाबालिकाको हत्या गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

बोहरालाई बझाङ प्रहरीले पक्राउ गरिसकेको छ। अनुसन्धानका लागि जिल्ला सरकारी वकिलको कार्यालयबाट सात दिनको म्याद थपिएको छ। प्रदेश प्रहरीका अनुसार घटनाको अनुसन्धान तीव्र पारिएको छ।

यस घटनाले गाउँमा शोकको माहोल सिर्जना गरेको छ भने नाबालिकाको हत्या सम्बन्धी कानुनी कारबाहीमा कडाइ गरिनुपर्ने माग स्थानीयले गरेका छन्। प्रहरीले घटनाको सम्पूर्ण तथ्य बाहिर ल्याउन अनुसन्धानलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.