अवैध सट्टेबाजीमा रु ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौँ– अवैध सट्टेबाजीमा रु ५५ करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा पाँचथर घर भई ललितपुर बस्दै आएका सुनिल राईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार राईले ७५ वटा बैंक खाता र १२८ वटा ईसेवा वालेट प्रयोग गरी कुल रु ५५ करोड २० लाखको कारोबार गरेका थिए।

जिल्ला वन डोटी

प्रहरीले राईको साथबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ वटा नागरिकता प्रमाणपत्र, १५ वटा राहदानी, २२ वटा चेकबुक र ४२ वटा एटिएम कार्ड बरामद गरेको छ। अनुसन्धानका क्रममा उनले २५ भन्दा बढी जिमेल खाता खोलेको र अरूको नागरिकता प्रयोग गरी नक्कली खाता सञ्चालन गरेको खुलेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

राईले अनलाइन गेम, जुवा, र सट्टाबाजीमा रकम सङ्कलन गर्न ‘बेटिङ’ एप्लिकेशन प्रयोग गरेका थिए। उनले क्रिप्टोकरेन्सीसमेत प्रयोग गरी गैरकानुनी कारोबार सञ्चालन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

मुलुकी अपराध संहिताअनुसार थप अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ। प्रहरीका अनुसार सट्टेबाजीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.