नेपालका विभिन्न ठाउँमा आज उपनिर्वाचन: ४१ पदका लागि मतदान हुने

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

काठमाडौँ – नेपालका विभिन्न ठाउँमा आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदैछ।

नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ पदका लागि निर्वाचन आयोजना गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। आयोगले मतदातालाई निर्भीक र स्वतन्त्र रूपमा मतदान गर्न आग्रह गरेको छ। मतदाता नामावलीमा नाम समावेश भएकाहरूले नागरिकता, मतदाता परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र जस्ता प्रमाणपत्र देखाई मतदान गर्न सक्नेछन्।

उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित ३७६ उम्मेदवार प्रतिस्पर्धा गर्ने छन ।आयोगले निर्वाचनको शान्ति र सुव्यवस्था कायम गर्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक, र मतदातालाई सहयोग गर्न अनुरोध गरेको छ। मतदान अधिकृत र कर्मचारीलाई आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्न निर्देशन दिइएको छ।

आयोगले मतदातालाई आफ्नो मतदान केन्द्रमा समयमै उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ। अपराह्न ५ बजेसम्म हुने मतदानको नतिजा चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.