![डिभिजन सडक जनचेतनामूलक सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/10/IMG-20241024-WA0007.jpg)
![जोरायल २ माछा नमार्ने सूचना](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241110-WA0005.jpg)
काठमाडौँ – नेपालका विभिन्न ठाउँमा आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदैछ।
नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ पदका लागि निर्वाचन आयोजना गरिएको छ।
![जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241108-WA0066.jpg)
![सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241108-WA0061.jpg)
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। आयोगले मतदातालाई निर्भीक र स्वतन्त्र रूपमा मतदान गर्न आग्रह गरेको छ। मतदाता नामावलीमा नाम समावेश भएकाहरूले नागरिकता, मतदाता परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र जस्ता प्रमाणपत्र देखाई मतदान गर्न सक्नेछन्।
उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित ३७६ उम्मेदवार प्रतिस्पर्धा गर्ने छन ।आयोगले निर्वाचनको शान्ति र सुव्यवस्था कायम गर्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक, र मतदातालाई सहयोग गर्न अनुरोध गरेको छ। मतदान अधिकृत र कर्मचारीलाई आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्न निर्देशन दिइएको छ।
आयोगले मतदातालाई आफ्नो मतदान केन्द्रमा समयमै उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ। अपराह्न ५ बजेसम्म हुने मतदानको नतिजा चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
![vetnary doti sandesh](https://athotkhabar.com/wp-content/uploads/2024/10/IMG-20241003-WA0018.jpg)