डोटीका युवाहरू कृषि क्षेत्रमा आकर्षित, आधुनिक खेती र बजारीकरणमा जोड

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीका युवाहरू पछिल्लो समय कृषि क्षेत्रमा आकर्षित हुँदै परम्परागत खेतीलाई व्यावसायिक र आधुनिक दृष्टिकोणबाट हेर्न थालेका छन्। वैदेशिक रोजगारबाट फर्केका र कृषि क्षेत्रमा अध्ययन गरेका युवा संगै अन्य युवाहरु अब कृषि उत्पादनको बजारीकरणमा ध्यान दिन थालेका छन्।

डोटीको जोरायल गाउँपालिका, सायल गाउँपालिका, केआई सिंह गाउँपालिका, शिखर नगरपालिकाका,सायल गाउँपालिका ,आदर्श गाउँपालिका लगाएत स्थानीय तहका युवाहरूले अब खेतीलाई केवल पारिवारिक खपतको स्रोतको रूपमा नहेरी, व्यावसायिक र समृद्धिको एक अवसरको रूपमा विकास गर्दै नयाँ नयाँ कृषि उत्पादनहरू बजारमा पुर्याउन थालेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीका अनुसार, “अबका युवा कृषकहरू खेतीलाई व्यापारको रूपमा हेरिरहेका छन्, जसको कारण बजारमा विभिन्न कृषि उत्पादनहरूको माग बढेको छ। ज्ञान केन्द्रले आवश्यक सहयोग सहजीकरण र तालिमको माध्यमबाट युवाहरूलाई कृषि उत्पादन र त्यसको बजारीकरणमा सघाइरहेको छ।”

जिल्ला वन डोटी

आदर्श गाउँपालिकाका युवा कृषक मुकुन्द अवस्थीले भने, ” बेमौसमी तरकारी ,च्याउ र मह दलहन तथा मसलाको बजार मूल्य राम्रो छ, र यी उत्पादनहरूको निर्यातसमेत भइरहेको छ। बजार व्यवस्थापन र सही जानकारीको अभावले गर्दा केही समय अगाडि कृषकहरू समस्यामा थिए, तर अहिले सरकारी र निजी क्षेत्रका विभिन्न पहलहरूले कृषकहरूको उपजलाई उच्च मूल्यमा बेच्न सहयोग पुर्‍याइरहेका छन्।”

स्थानीय तहहरुले पनि कृषकहरूको उत्पादनलाई बजारमा पुर्याउनका लागि सहकारी, अनुदान र कृषि मेलामा सक्रिय सहभागिता जनाउन थालेका छन्। जोरायल गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रदीप साउँदका अनुसार, “किसानको उत्पादित वस्तु बजारसम्म पुर्याउन कृषक समूहहरूको गठन र बजार व्यवस्थापनमा सहकार्य गरिँदैछ। यसले कृषकहरूलाई बजारमा राम्रो मूल्य पाउने अवसर दिएको छ।”

डोटीका युवाहरूको कृषिमा आकर्षणसँगै, कृषि क्षेत्रलाई समृद्ध बनाउन उनीहरूले नयाँ विधि र प्रविधिहरूको प्रयोग गर्दै उत्पादन वृद्धि गर्दै आएका छन्। मह, च्याउ, अदुवा, तरकारी र फलफूल जस्ता उत्पादनहरूको बजारमा वृद्धि भएको मागले कृषकहरूलाई प्रोत्साहन दिएको छ। यसले डोटीलाई कृषिमा आत्मनिर्भर बनाउने र समग्र क्षेत्रको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ।

कृषिमा युवाको सक्रियता र बजारीकरणमा जोडले डोटीलाई एक प्रमुख कृषि उत्पादक क्षेत्रका रूपमा उभ्याउने सम्भावना प्रस्तुत गरेको छ, जसले गाउँलाई समृद्ध बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.