
डोटी, पौष २ – नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्टी संगठनलाई बलियो बनाउन महत्वपूर्ण कदम चालेको छ। मंसिर २८ गते महासचिव शंकर पोखरेलले दिपायलमा उद्घाटन गरेको अधिवेशनको बन्द सत्रपछि भएको निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो।

निर्वाचनको अन्तिम परिणामअनुसार मञ्जु मलासी अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदम भट्ट, उपसचिवमा डम्मर डौडी, र महिला उपसचिवमा बिस्ना सिंह विजयी भएका छन ।

नव निर्वाचित टोलीले पार्टीलाई थप सुदृढ बनाउन र जिल्लाको राजनीतिक, सामाजिक तथा विकासका मुद्दामा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। अधिवेशनले पार्टीभित्र एकता र सामूहिक प्रयासलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।



