नेकपा (एमाले) डोटीमा नयाँ नेतृत्व:अध्यक्षमा मञ्जु मलासी निर्वाचित

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी, पौष २ – नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्टी संगठनलाई बलियो बनाउन महत्वपूर्ण कदम चालेको छ। मंसिर २८ गते महासचिव शंकर पोखरेलले दिपायलमा उद्घाटन गरेको अधिवेशनको बन्द सत्रपछि भएको निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो।

जिल्ला वन डोटी

निर्वाचनको अन्तिम परिणामअनुसार मञ्जु मलासी अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदम भट्ट, उपसचिवमा डम्मर डौडी, र महिला उपसचिवमा बिस्ना सिंह विजयी भएका छन ।

पोषण खाजा सम्बन्धि सन्देश

नव निर्वाचित टोलीले पार्टीलाई थप सुदृढ बनाउन र जिल्लाको राजनीतिक, सामाजिक तथा विकासका मुद्दामा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। अधिवेशनले पार्टीभित्र एकता र सामूहिक प्रयासलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.