
डोटीको जोरायल गाउँपलिका २ बुडरमा आज बिहान एकजना ब्यक्ति मृत फेला परेका छ्न ।मृत्यु हुनेमा गोदावरी नगरपालिका १० चाख्लेखोला का अन्दाजी ३२ बर्षिय पुरुष शिवलाल ताम्राकार रकेको प्रहरीले जनाएको छ ।

बिगत ३/४ दिन देखि बुडर बजार क्षेत्रमा रक्सी सेवन गरेको अबस्थामा देखा परेका ताम्राकार आज बिहान मृत फेला परेका ईलाका प्रहरी कार्यालय बुडरका प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश चन्दले जानकारी दिएका छ्न ।

मृत्युको बास्तबिक करण खुल्न नसकेपनी अत्याधिक मदिरा सेवनले उनको ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।अहिले उनको आफन्त पुगेपछि शवलाइ पोस्टमार्टमको लागि पठाइने र घटनाको थप अनुसन्धान पछि मृत्युको वास्तविक कारण थाहहुने वरिष्ठ सइ चन्दले बताए ।



