डोटीमा एक वर्षमा आठ करोड रुपैयाँको सुन्तला उत्पादन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी — जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा रु आठ करोड मूल्यबराबरको सुन्तला उत्पादन भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार उक्त अवधिमा ३,४०८.६२ मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसको अधिकांश अन्य जिल्लामा निर्यात गरिएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीका अनुसार किसानहरूले उत्पादन भएको सुन्तला बिक्री गरेर रु आठ करोड आम्दानी गरेका छन्। यस वर्ष २६२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उत्पादन ३,२४० मेट्रिक टन रहेको थियो, भने २०७८/७९ मा २,९३२ मेट्रिक टन मात्र उत्पादन भएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

सुन्तलाखेती विस्तारको सम्भावना

जिल्लाको जोरायल गाउँपालिका–५ र ६, बोगटान गाउँपालिका–१, २, ७ तथा बडीकेदार गाउँपालिका–१ पातल, मुडा रजेडा, वडा नं. २ को छेडा, कोटक्यान्या, वडा नं. ४ को खेताली टिमुट्ट, रनुकाँडा, पुन्तडा र वडा नं. ५ को लानाका क्षेत्रमा सुन्तलाखेती विस्तारको उच्च सम्भावना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

जिल्ला वन डोटी

डोटीमा उत्पादित सुन्तलाको मुख्य बजार अत्तरिया, धनगढी, महेन्द्रनगर र नेपालगञ्ज रहेका छन्। व्यापारीहरू किसानकै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।

कृषकलाई सहयोग र बजारीकरण

सुन्तला उत्पादनलाई बढावा दिन कृषि ज्ञान केन्द्रले किसानहरूलाई सिडी, क्रेट, कैँची लगायतका आवश्यक सामग्रीहरू प्रदान गर्दै आएको छ। आगामी दिनमा सुन्तलालाई ‘ब्रान्डिङ’ गरेर अन्य क्षेत्रमा निर्यात गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको केन्द्रका प्रमुख अवस्थीले बताए।

बडीकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकालाई सुन्तला उत्पादनका लागि प्रमुख क्षेत्र मानिन्छ। जिल्लाका अन्य स्थानीय तहमा पनि उत्पादन हुने गरेको छ। किसानहरू प्रतिव्यक्ति रु ४० हजारदेखि १५ लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन्।

अवस्थीका अनुसार पछिल्लो समय व्यापारीहरू किसानको घरदैलोमै पुग्ने गरेकाले बजारीकरणको समस्या छैन। सुदूरपश्चिमका प्रमुख सहरहरूमा सुन्तलाको बजार मूल्य प्रतिकिलो रु १०० कायम रहेको छ, भने किसानहरूले प्रतिकिलो रु ५० देखि ६१ मा बारीमै बिक्री गर्ने गरेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.