डोटी जोरायलमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सावधानी अपनाउन आग्रह

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा रहेको ए वान कृषि तथा पशुपंक्षी फर्ममा केही दिनदेखि सुंगुर मर्ने घटना बढेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर (ASF) रोग पुष्टि भएको छ।

जिल्ला वन डोटी

फर्ममा लगातार सुंगुर मर्न थालेपछि नमुना परीक्षणका लागि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, धनगढी पठाइएको थियो। परीक्षण रिपोर्टमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि जोरायल गाउँपालिका पशु विकास शाखाले किसान तथा सरोकारवालालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

पशु विकास शाखाले सुंगुर पाल्ने किसानहरूलाई फार्मको स्वच्छता तथा जैविक सुरक्षामा ध्यान दिन, कुनै पनि नयाँ सुंगुर खरिद तथा बिक्री नगर्न, बिरामी वा मरेका सुंगुरहरूको उचित व्यवस्थापन गर्न र शंकास्पद लक्षण देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

अफ्रिकन स्वाइन फिभर मानिसमा सर्ने रोग नभए पनि सुंगुरमा अत्यधिक संक्रामक र घातक मानिन्छ। स्थानीय अधिकारीहरूले संक्रमण फैलिन नदिन आवश्यक कदम चाल्ने बताएका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.