कृषि दूतका लागि ४ दिने क्षमता विकास तालिम सिलगढीमा सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – अष्ट्रेलियन एड र ईएलसीएको आर्थिक सहयोगमा लुथरन वर्ल्ड फेडेरेसन नेपालसँगको साझेदारीमा सञ्चालित “सक्षम परियोजना” तथा “स्थानीय पहल परियोजना” अन्तर्गत ४ दिने कृषि दूत क्षमता विकास तालिम डोटीको सिलगढीमा आइतबार सम्पन्न भएको छ।

तालिममा डोटी, डडेल्धुरा, बाजुरा र कञ्चनपुर जिल्लाबाट २१ जना सामुदायिक उद्यम सहजकर्ताको सहभागिता रहेको थियो, जसमा ६ जना महिला र १५ जना पुरुष सहभागी थिए। तालिमको आयोजना लुथरन वर्ल्ड फेडेरेसनका कार्यान्वयन साझेदार संस्थाहरू: सामुदायिक विकास केन्द्र (CDC) डोटी, राष्ट्रिय मुक्त हलिया समाज महासंघ डडेल्धुरा, गिफ्ट नेपाल बाजुरा र निड्स नेपाल कञ्चनपुरले संयुक्त रूपमा गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

आर एण्ड डि इनोभेटिभ सोलुसनकी कार्यकारी निर्देशक सुनिता न्हेम्हाफुकी र सुदूरपश्चिम सामुदायिक बिउँ बैंकका अध्यक्ष टेकेन्द्र बहादुर सिंहले तालिम सहजीकरण गरेका थिए। तालिमले कृषक तथा उद्यमीहरूलाई कृषि उद्यमलाई व्यवसायिक, दिगो, नवप्रवर्तनयुक्त र महिलामैत्री बनाउन प्रेरित गरेको थियो।

जिल्ला वन डोटी

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले सहभागीहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर भई व्यवसायिक कृषि विकास गर्न आग्रह गरे। उनले “एक पालिका, एक उत्पादन” अवधारणालाई सुदृढ गर्न, रैथाने बाली संरक्षणमा जोड दिन र कृषिमा प्रविधिको प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्न सुझाव दिए।

सहजकर्ता टेकेन्द्र बहादुर सिंहले कृषि व्यवसाय स्थापनाका लागि संजाल विकास, समस्या समाधान, नविनतम प्रविधिको जानकारी र सहजीकरणमा कृषि दूतको महत्वपूर्ण भूमिका रहने बताए।

समापन सत्रमा सहभागी माया कुमारी बिकले तालिमबाट प्राप्त ज्ञान समुदायको आर्थिक उन्नतिमा उपयोगी हुने भन्दै कृषि दूतका रूपमा काम गर्ने प्रतिबद्धता जनाइन्। अर्का सहभागी भुवन चुनाराले तालिमले उत्पादनदेखि बजारीकरणसम्मको मार्गदर्शन दिएको बताए।

लुथरन वर्ल्ड फेडेरेसन नेपालका लाइभलिहुड एण्ड मार्केटिङ स्पेसलिष्ट मानध्वज खत्रीले तालिमले ग्रामीण कृषि व्यवसायलाई आधुनिकीकरण गर्दै जलवायु मैत्री प्रविधि हस्तान्तरणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै CDC डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले कृषि दूतहरूले नवप्रवर्तनशील सोच, सूचना प्रविधिको प्रयोग, वातावरण तथा महिलामैत्री दृष्टिकोणले समुदायमा प्रेरणादायी काम गर्न सक्ने उल्लेख गर्दै सफल उद्यमी बन्ने आशा व्यक्त गरे।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.