१ किलो ७०६ ग्राम अफिमसहित दुई जना चिसापानीबाट पक्राउ

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

कैलाली, – कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित प्याराडाइज होटलमा १ किलो ७०६ ग्राम लागुऔषध (अफिम)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला वन डोटी

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो होटलमा चेकजाँच तथा खानतलासी गरेको थियो। खानतलासीको क्रममा होटलको एक कोठामा शंकास्पद रूपमा बसिरहेका दुई जनाको साथबाट १ किलो ७०६ ग्राम अफिम फेला परेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

पक्राउ पर्नेहरू जुम्ला जिल्ला गुठीचौर गाउँपालिका–४ निवासी ३८ वर्षीय मेघराज खत्री र जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–३ निवासी ३२ वर्षीय भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई ईलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.