
डोटीको जोरायलमा मंगलबार करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका वडा नं. ६ गावर बस्ने वर्ष २८ को खेम साउँदको मृत्यु भएको हो ।

दिउँसो करिब २ बजेको समयमा उनलाई आफ्नै कोठामा करेन्ट लागेको थियो । बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर घाईते भएका उनलाई आफन्तले उपचारको लागी बेलुका ५ बजेर ५ मिनेटमा सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएको र उपचारको क्रममा ५ बजेर २७ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अप्रिय घटना भएको खबर सुनेपछि गाउँबाट धनगढी जाने तयारीमा रहेको जोरायल ६ का वडा अध्यक्ष गणेश बोहराले बताए ।मृतक साउँद उक्त वडा नं. ६ का वडा सदस्य हुन् । ऊनी २०७९ को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । साभार :- नजर मिडिया अनलाइन ।


