डोटीमा श्रीमानद्वारा चिम्टा प्रहार गरी श्रीमतीको हत्या

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी,। डोटीको जोरायल गाउँपालिका–४ देउथलामा श्रीमानद्वारा चिम्टा प्रहार गरी श्रीमतीको हत्या भएको छ।

जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सागर बोहराका अनुसार बुधबार बिहान घरायसी विवादका क्रममा  चन्द्रबहादुर ओलीले आफ्नी श्रीमती अमृता ओली (अन्दाजी ४६ वर्ष)को पेटमा चिम्टाले प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी अमृता ओलीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो।उपचारकै क्रममा बुधबार साँझ ६:२० बजे चिकित्सकले अमृता ओलीलाई मृत घोषणा गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

घटनापछि प्रहरीले श्रीमान चन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। उनी जगदम्बा आधारभूत विद्यालय, काफली, डोटीका राहत शिक्षक रहेको प्रहरीले जनाएको छ।घटनाको थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.