डोटीका ग्रामीण क्षेत्रमा जंगली जनावरको आतंक, बाली जोगाउन किसानलाइ समस्या

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

खेम खत्री,डोटी   । हिजोआज  डोटीको ग्रामीण क्षेत्रमा जंगली जनावरको आतंक बढेको छ । खेतमा  लगाएको  विभिन्न बालीमा जंगली  जनावरले नोक्सानी  गर्न थालेपछि किसानहरु चिन्तित भएका छन ।

जिल्ला वन डोटी

दिउँसोको समयमा बाँदर र रातिको समयमा बदेल स्यालले खेती नोक्सानी गर्ने गरेको डोटीको जोरायल गाउँपालिका ३ ठाँटीगडाका किसान भुपाल खत्रीले बताए । उनले आफू  बाली जोगाउन  २४ घण्टा बारीमा निगरानी गर्दा गर्दै समेत जनावर बाट बाली जोगाउन नसकिएको पीडा पोखे ।  जनावरले किसानहरूले लगाएको बर्षे बालि मकै, धान भटमासमा बढी नोक्सान गर्ने गरेको छ ।

सबैभन्दा बढी मकै र धानमा जनावरको नोक्सानी गर्ने गरेको किसानले बताए । मुख्य खाद्यान्न बालीको रुपमा रहेको मकै र धान बन्यजन्तुले नष्ट गर्न थालेपछि किसान  चिन्तित भएका छन ।मकै  भित्र्याउने तयारी हुँदै गर्दा दिनको समयमा बाँदर र रातको समयमा बँदेल र स्यालले  खायर आधा भन्द बढी नोक्सान गरि सकेको अर्का किसन थम बहादुर चन्दले बताए । उनले भने “अब आउँदो बर्ष देखि बारीमा कुनै खेती लगाउँदैन बरु स परिवार भारत गएर उतै काम गर्छु उतै बस्छु । खेती आफ्नो लागि नभएर जंगली जनावरको लागि लगाए जस्तै भएको छ ।”

बिगत ४/५ बर्ष देखि डोटीका अधिकांश ग्रामीण क्षेत्रका बस्तीमा बाँदर ,बदेल र स्यालको खेतीमा आतंक बढेको छ ।साउन भदौमा मकै बाली र असोजमा धानमा लगाएत अन्य मौसमको बालीमा जनावरले  नोक्सानी पुर्याउने गरेको छ । जनावरको आतंक बढे संगै डोटीका धेरै बस्ती नै मानव बिहिन भएका छन भने खेतीयोग्य जमिन बाँझो रहेको देखिन्छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.