ओली – देउवाबिरुद्ध नारावाजी गर्ने युवा धरौटीमा छुटे

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौ – नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा छुटेका छन्।

सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयले शुक्रबार ९–९ हजार रुपैयाँ धरौटी लिएर छाडेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

गत सोमबार काठमाडौंको टुंडिखेलमा गौरापर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

जिल्ला वन डोटी

गोपीकृष्ण र रामबहादुर मंगलबार तथा ठगुन्ना बुधबार पक्राउ परेका थिए। चौतर्फी दबाबपछि प्रहरीले चौथो दिनमै नै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

विरोध गर्ने मौलिक हकको हनन हुने गरी पक्राउ गरेर फौजदारी कसुर चलाइएको भन्दै अधिकारकर्मीदेखि विभिन्न दलका नेताहरुले विरोध गरेपछि प्रहरी नरम बनेको हो।

साधरण तारेखमा छाड्नुपर्नेमा ९–९ हजार धरौटी लिइएकोमा उनीहरु असन्तुष्ट बनेका छन्। उनीहरुविरुद्ध हुलदंगा गरेको अभियोग लगाइएको छ।

पक्राउ परेकामध्ये जैसी आइतबार वैदेशिक रोजगारीमा जाँदै छन्। त्यस्तै, बुढा पनि वैदेशिक रोजगारीको तयारीमा छन् भने ठगुन्ना कीर्तिपुरस्थित सहिद स्मारक कलेजका बिद्यार्थी हुन्।-सिएन नेपाल

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.