
कुनै बेला डोटीका ग्रामीण क्षेत्रमा खेर जाने गरेको स्थानीय भाषामा लिमडो अर्थात ( निउरो ) गाउँ गाउँमा सडक सञ्जाल जोडिए संगै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ । जिल्लाको बडिकेदार ,जोरायल लगाएत गाउँपालिकाका विभिन्न ठाउँबाट स्थानीयले अहिले दैनिक ४ देखि ५ कुन्टल सम्म निउरो बिक्री गर्ने गरेका छ्न।
स्थानीय बजार अतरकाडा, खड्यौली, रन्तोला , बागछेडा, बिपिनगरका ,चन्कट्टे सिलङ्गिबाग , गैरा घोरडी बुडर बजारमा अहिले निउरो र जङ्गली च्याउँ बेचेर स्थानीयले एक दिनमा एउटा ब्यक्तिले करिब ३ हजार सम्म आम्दानी लिन सफल भएका छ्न ।


जङ्गलमा पाइने निउरो साझ र बिहान टिप्ने गरेको र दैनिक स्थानीय बजारमा ८० केजि भन्दा बढी निउरो एक केजिको ३० देखि ३५ रुपैयाँँ सम्म र जङ्गली च्याउँको १ सय ५० रुपैयाँ सम्म बेच्ने गरेका छौ पहिले पहिले जङ्गलमा त्यसै खेर जान्थ्यो अहिले भने निउरोले बजार पाएको र आफुहरुको आम्दानीको स्रोत बनेको बडिकेदार गाउँपालिका वडा नम्बर ४ पुन्तडाका पदम जेठाराले भने।
पुन्तडाकै अर्का स्थानीय बल बहादुर जेठाराले पनि आज भोलि दैनिक ५० केजि भन्दा बढी निउरो बेच्ने गरेको र निउरो बेचेर आएको रकम बाट घर खर्च चलिरहेको बताए।
सुरु सुरुमा १ केजिको ४०/४५ रुपैयाँमा पनि खरिद गरेका थियौं अहिले केजिको ३० रुपैयाँमा खरिद गरेर एक दिनमा कम्तिमा ८ कुन्टल जति धनगढी, अत्तरिया, सुखड लगायतका बजारमा पठाउने गरेको स्थानीय ब्यापारी करबिर सिराडिले बताए ।
डोटीको बडिकेदार गाउँपालिकामा मात्र नभएर जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका लगायत जिल्ला का अन्य ठाउँमा पनि निउरो पाइने गरेको छ ।
