तिज विशेष स्वास्थ्य शिविरमा २सय५२ जनाले लिए सेवा

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

 सुजङ्ग अस्पताल राजपुर डोटीले सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविरमा दुई सय ५२ जना महिला विरामीहरुले सेवा लिएका छन् ।

अस्पतालले हरितालिका तिजको अवसर पारेर बुधबार महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

जिल्ला वन डोटी

शिविरमा दुई सय ५२ जना महिलाहरुले स्वास्थ्य सेवा लिएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । जसमध्य एक सय ५४ जना महिलाहरुको पाठेघरको जाँच गरिएको थियो । एक सय ९५ जनाको भिडियो एक्सरे, अल्ट्रासाउण्ड गरिएको थियो । अधिकांश विरामीले पाठेघरको जाँचसँगै भिडियो एक्सरे, अल्ट्रासाउण्ड दुबै सेवा लिएका थिए ।

यो वाहेक विरामीहरुको रगत, पिसाव, प्रेसर लगायतको स्वास्थ्य जाँच, निःशुल्क औषधी वितरण गरिनुका साथै स्वास्थ्य परामर्श दिइएको थियो । अस्पतालमा स्वास्थ्य जाँच गरेका १७ जना महिलाहरुको पाठेघरको अप्रेस गर्नुपर्ने जटिल अवस्था देखिएको अस्पतालले जनाएको छ ।

सुजङ्ग अस्पतालमा कार्यरत वरिष्ठ सर्जन डक्टर सुवाष थापा मगर, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डक्टर सुरेन्द्र कुमार चौधरी र एमविविएस डक्टर राजमणी यादव लगायतको टिमले स्वास्थ्य सेवा दिएका थिए ।

सुजङ्ग अस्पतालले तिजको अवसर पारेर गत वर्ष पनि शिविर सञ्चालन गरेको थियो । अस्पतालले समय समयमा अस्पताल तथा अस्पताल बाहिर स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । शिलाखबर

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.