![डिभिजन सडक जनचेतनामूलक सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/10/IMG-20241024-WA0007.jpg)
![जोरायल २ माछा नमार्ने सूचना](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241110-WA0005.jpg)
बझाङ :- बझाङको जयपृथिवी राजमार्ग अबरुद्ध भएको छ । राजमार्गमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । आज बिहान ७ बजेतिर तमैल बजार नजिक सुख्खा पहिरो झरेपछि राजमार्ग अबरुद्ध भएको हो । सडक अबरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रीने लामो तथा छोटो दुरीका कुनैपनी सवारी साधन चल्न सकेको छैनन ।
![सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241108-WA0061.jpg)
बिहानै ५ वटा बस मात्र सदरमुकामबाट छुटेको बस ब्यबसायी जोगबहादुर दौल्याले जानकारी दिए ।उनले बिहान बझाङ बाट धनगढी , काठमाडौ महेन्द्रनगर डडेल्धुरा लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए।
![जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश](https://athotkhabar.com/wp-content/uploads/2024/11/IMG-20241108-WA0066.jpg)
सडक खुलाउन केदारस्यु गाउँपालिकाको झोताबाट डोजर आएको तर पहिरो नरोकिदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी बिश्राममित्र कुइँकेलले जानकारी दिए । उनले पहिरो रोकिएपछि मात्र सडक खुलाउन सकिने बताए ।
![vetnary doti sandesh](https://athotkhabar.com/wp-content/uploads/2024/10/IMG-20241003-WA0018.jpg)