अनेरास्ववियू( क्रान्तिकारी ) डोटीको विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस
जिल्ला वन डोटी

अनेरास्ववियू( क्रान्तिकारी ) डोटीको आठौं जिल्ला सम्मेलनको विशेष अबसरमा विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ। डोटी बहुमुखी क्याम्पसमा सम्मानित हुने क्रान्तिकारी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राको शुभकामना लक्षित उत्प्रेरणा प्रदान गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य शिवसिंह ओली रहेका थिए।

इन्द्र डुम्रेलको अध्यक्षतामा उक्त कार्यक्रम डोटी बहुमुखी क्याम्पस,क्याम्पस समिती, अनेरास्ववियू (क्रान्तिकारी ) ले आयोजना गरेको हो।कार्यक्रमका प्रमुख अतिथि शिवसिंह ओलीले विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना ब्यक्त गरेको अध्यक्ष इन्द्र डुम्रेलले बताए। उक्त कार्यक्रममा‌‌ डोटी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू र अनेरास्ववियू( क्रान्तिकारी ) डोटीको आठौं जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीको टिम सहित सहभागी थिए।

अनेरास्ववियू( क्रान्तिकारी ) डोटीको आठौं जिल्ला सम्मेलनको अधिवेशन पछि विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तरगत 2080 को SEE मा सर्वोत्कृष्ट अंक प्राप्त गरि उतीर्ण हुने Soo Jung English Boarding School का महेन्द्र बिक्रम धामी, Bhagarati Academy का अरुणिमा भण्डारी, झिमेमालिका मा. बि. वायलका निशा बोगटी र डोटी बहुमुखी क्याम्पस डोटीबाट BCA मा प्रकाश बोगटी, चन्द्रा कडायत, चन्द्रिका ओझा, BBS बाट योगेन्द्र भट्ट, लिलावती जोरा, मनोज भण्डारी, BEdबाट गोमा बडैला, पार्वती भट्ट, अजित सिंह, धन बहादुर खाती, कर्ण बि. क. र BA बाट सन्त बहादुर बिष्ट, खेमराज भट्ट सम्मानित भएका छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.