डिभिजन सडक जनचेतनामूलक सन्देश

न्यु समाज डेन्टलको सहकार्यमा कल्प पाठशालाले निःशूल्क डेन्टल शिविर आयोजना

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 कैलालीको अत्तरियामा रहेको न्यू समाज डेन्टल क्लिनिकको  सहयोगमा गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको कल्प पाठशालामा एक दिने निःशूल्क दन्त शिविर आयोजना गरिएको छ ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

संचालित दन्त शिविर बाट  ४ सय ५० जना भन्दा बढी दाँतको समस्या भएका ब्यक्तिहरुले  दन्त  सेवा लिएका छन  । न्यू समाज डेन्टल क्लिनिकका संचालक रमेश जोशीका अनुसार  शिविरमा पाठशालाका कर्मचारी, विद्यार्थी र  अभिभावकहरुलाई निःशुल्क रुपमा दन्त सेवा दिईएको थियो ।शिविरमा दाँतको चेकजाँच गरिनुको साथै जटिल समस्या भएका बिरामीहरुलाई विशेष छुटका साथ न्यू समाज डेन्टल क्लिनिकमा उपचार गर्ने  विद्यालय र आफुहरु बिच  सम्झौता भएको संचालक जोशीले बताए ।

संचालक जोशीका अनुसार आगामी दिनमा अन्य विद्यालयहरुमा पनि यस्तै खालका सम्झौता गरेर दन्त शिविर चलाउने योजना रहेको जानकारी दिए । हाल दाँतको समस्या सबैमा रहेकोले आफुले  विद्यार्थी , शिक्षक कर्मचारी र अभिभावकको दाँतको जटिल उपचार  सहुलियतमा गरिदिने उदेश्यका साथ  विद्यालयहरु संग सम्झौता गरेर सेवा दिने योजना रहेको डेन्टलले जनाएको छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.