प्रदेश सभामा विपक्षीको नाराबाजी, बैठक २० मिनेटका लागि स्थगित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

धनगढी:संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध भएको छ।नाराबाजी भएपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

जिल्ला वन डोटी

सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यहरुले नाराबाजी गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

नाराबाजी अघि माओवादीका उपनेता अक्कलबहादुर रावलले संविधानको कुन धारा अनुसार बजेट ल्याउन खोजिएको भन्दै प्रश्न गर्दै बिरोध जनाएका थिए। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले आज संशोधित बजेट ल्याउने कार्यतालिका छ ।

असार १ गते तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले बजेट ल्याएको थियो तर सङ्घीय सरकारमा परिवर्तन आएपछि सुदूरपश्चिममा पनि सोडारीको सरकारले बजेट पास गराउन सकेको थिएन ।

एउटै आर्थिक वर्षका लागि दुई/दुई पटक बजेट पेस गर्ने खेल हुँदा सुदूरपश्चिम प्रदेश सरकार दुई महिनादेखि बजेट बिहिन छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.