डोटीका  ग्रामीण सडक अवरुद्ध : स्ट्रेचरमा बोकेर  बिरामी पुर्याउनु पर्ने बाध्यता

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

लगातारको वर्षातले  अवरुद्ध बनेका डोटीका ग्रामीण सडक मर्मतसम्भार नहुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ । नेपालीहरूको ठूलो चाड बडादशैं  आउदै गर्दा  सडक मर्मत नहुँदा बढी मात्रामा बिरामी, महिला तथा वृद्धवृद्धा मारमा परेका छन्।

सहजपुर बोगटान सडक अन्तर्गत सहजपुर बाट अतरकाडा सम्म सडक खुले पनि सडक खण्डको अतरकाडा देखि बोगटान फुड्सिल गाउँपालिका सम्म अझै सडक खुल्न सकेको छैन सडक अबरुद्ध भए पछि बडिकेदार गाउँपालिकाका स्थानीय  गर्भवती र बिरामी अस्पताल लैजान झनै समस्या भएको र गाडी  नचल्दा गाउँका छिमेकी बिरामी हुँदा  स्ट्रेचरमा बोकेर अस्पताल लग्नु परेको  बडिकेदार गाउँपालिका ५ धारीका  स्थानीय भरत बोहराले बताउनु भयो ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

लगातार परेको बर्षाले गाउँपालिकाका  घाङगल मुलेचौर,ओखलढुंगा  सडक, घाङ्गल बिठारा सडक, देवली, रिसडी, मान्नाकापडी सडेखान,  लगायतका  ग्रामीण ठाउँका सडक अबरुद्ध हुँदा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् । यातायातका साधन नचल्दा ब्यापारीलाई दशै नजिक आउदा सामान धुवानी गर्न समेत समस्या भएको छ भने औसधि उपचारमा समेत असहजता हुँदै आएको  स्थानीय ब्यापारीले बताएका छ्न ।

पटक पटक सडक मर्मत गरे पनि वर्षाको पानीले सबै बगाएर लैजाने भएकाले समस्या भइरहेको बताउदै पाँच वटै वडामा बाटो खोल्नु पर्ने अबस्था भएकाले अब एक दुई दिनमै  बाटो खोल्ने काम सुरु हुने बडिकेदार गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष तथा बडिकेदार गाउँपालिकाका प्रबक्ता पदम सिंह बोहराले बताउनु भयो ।

लगातारको बर्षाले डोटीका अन्य पालिका बोगटान फुड्सिल जोरायलमा पनि धेरै ग्रामीण सडक अवरोध भएका छन ।त्यस्तै धान तरकारी खेती संगै दर्जनौं घर भत्किएका छ्न । बर्षातका कारण बस्तिहरु पहिरोको जोखिममा रहेका छ्न भने बडिकेदारको वडा नम्बर ४ मा रहेको एउटा ट्रसपुल समेत बगाएको छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.