कञ्चनपुरमा चट्याङ लागेर दुई जनाकाे मृत्यु

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

धनगढी । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाकाे मृत्युु भएकाे छ ।

दाेधाराचाँदनी नगरपालिका- ४ काे भट्टीनालामा चट्याङ लागेर ३४ वर्षीय यमबहादुर सुनारकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

 

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जाेशीले बजारबाट घर फर्किने क्रममा गुटिलकाे रूखमुनी ओत लागेर बसेका बेला एक्कासि चट्याङ लागेर सुनार घाइते भएका थिए ।

उनकाे उपचारका क्रममा दाेधाराचाँदनी अस्पतालमा मृत्युु भएकाे डीएसपी जाेशीले बताए ।चट्याङ लागेर साेही ठाउँका ३६ वर्षीय जगते सुनार घाइते छन् ।

यस्तै बुधबार नै लालझाडी गाउँपालिका-१ नौरङगा बस्ने २८ वर्षीय हिरामति रानाकाे पनि चट्याङ लागेर मृत्युु भएकाे छ  ।

घर नजिकै बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते रानालाई  धनगढीकाे निर्सग अस्पताल पुगाइएकाेमा उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेका थिए ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.