हरियो तरकारीको बिक्रीबाट एउटै गाउँले भित्र्याए २५ करोड रुपैयाँ

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

धादिङ –  बेनी घाट रोराङ्ग गाउँपालिकाका किसानहरूले आर्थिक वर्ष २०८०–८१मा ५७ लाख मेट्रिक टन हरियो तरकारी उत्पादन गरी करिब पच्चिस करोड पचास लाख रकम गाउँ भित्र्याउन सफल भएका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा हरियो तरकारी उत्पादनमा केही कमी आएको भए पनि आम्दानीमा भने खासै कमी नभएको तरकारी सङ्कलन सहकारी केन्द्रको भनाई छ ।

समाजिक विकास कार्यालय

आर्थिक वर्ष २०७९ –८०मा ६५ लाख मेट्रिक टन हरियो तरकारी उत्पादन गरी बिक्री गरेर करिब २६ करोड रकम किसानहरूले सो गाउँमा भित्र्याएका थिए । गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा बेनी घाट रोराङ्ग गाउँपालिकामा आठ लाख मेट्रिक टन तरकारी कम उत्पादन भएको छ।

किसानहरूले उत्पादित तरकारीको मूल्य निकै राम्रो पाएकोले उत्पादनमा कमी आएको भए पनि आम्दानीमा खासै गिरावट नभएको किसानहरूको भनाई छ ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

उत्पादन भएको तरकारीले सिजनमा मूल्य नपाउनु र खेर फल्नु परेकोले व्यवसायीक तरकारी उत्पादन गर्ने किसान समेत घटेको छन्।

गाउँबाट युवाहरू रोजगारीको अवसर लगायत विभिन्न कारण देखाउँदै वैदेशिक रोजगारीमा जानुका साथै सरकाले तरकारी उत्पादक किसानहरूलाई खासै सहयोग नगरेका कारण पनि यस प्रति किसानहरूमा निराशा बडेको देखिन्छ ।

गत वर्ष यस  सिजनमा भन्दा चालु वर्षमा भने हरियो तरकारीको मूल्य प्रतिकिलो पाँच रुपैयाँदेखि दश रुपैयाँसम्म बडेको  किसानहरूको भनाई छ ।

गत आर्थिक वर्षमा करिब सतासी लाख मेट्रिक टन हरियो तरकारी जिल्लामा उत्पादन भई  विक्री भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र धादिङसँग रहेको छ ।

धादिङमा उत्पादित हरियो तरकारीको मुख्य बजार राजधानी काठमाण्डौ लगाएत चितवन र पोखरा हो ।-nepaltvonline

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.