काठमाडौँ– अबिरल बर्षादका कारण आएको बाढी र पहिरोको घटनामा परेर मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईका अनुसार अबिरल बर्षादका कारण आएको बाढी पहिरो लगायतका विपद्का घटनामा हाल सम्म ६२ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यस्तै घटनामा ४३ जना बेपत्ता भएका छन् ।
बेपत्ताहरुको खोजी कार्यमा शुरक्षाकर्मीको परिचालन गरिएको र घाइतेहरुको उपाचार विस्थापितहरुको राहत तथा उद्धारलाई तिव्र बनाइएको प्रवक्ता भटटराइले जानकारी दिनुभयो ।
अहिले सम्म घटनमा परेका १ हजार ४५६ जनाको सकुशल उद्धार गरिएको छ । बाढी पाहिरोका कारण १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।