प्रशोधन केन्द्र र उद्योग नहुँदा खेर जाँदै अल्लो

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटीका पहाडी भेगमा सहजै पाइने अल्लो वर्षेनी खेर गैरहेको छ । जिल्लामा अल्लो प्रशोधन केन्द्र र घरेलु उद्योगहरु नहुँदा यहाँका जङ्गलमा सहजै पाइने अल्लो खेर गैरहेको हो ।

अल्लोको धागोबाट विभिन्न प्रकारका लुगा, कपडा, झोला, रसी जस्ता सामग्रीहरु बन्ने भए पनि त्यसको उपयोगिता र महत्वका बारेमा स्थानीय सरकारनी चासो देखाएको छैन । स्थानीय कच्चापदार्थहरुको प्रयोगबाट जनतालाई उद्योगी बनाउने स्थानीय सरकारहरुको घोषणामा भएपनि व्यवहारमा नउतार्दा स्थानीय स्थरमा पाईने बस्तुहरु खेर जाने गरेका छन् ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

स्थनीयहरुले अल्लो प्रसोधन र यस्को उपयोगिताका लागि तालिम तथा मसिनको व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् । अहिले केही स्थानीयहरुले अल्लो संसोधन गरेर जिल्ला बाहिरका व्यपारीहरुलाई सस्तोमा बेच्ने गरेका छन् । स्थानीय स्थरमा अल्लोबाट कपडा धागो उत्पादन गर्न सके जनताको जीवन स्थर माथि उठ्ने स्थानीय व्यपारीहर बताउँछन् ।

बडीकेदार गाउँपालिका–५ का स्थानीयहरुले जिल्ला बाहिरका व्यपारीहरुलाई अल्लो संकलन गरि बिक्रि गर्ने गरेको स्थानीय गौरी देवी घर्तीमगरले बताईन् । जङ्गलबाट संकलन गरि ल्याएको अल्लो सस्तोमा तराइका जिल्लामा पठाउने गरेका छौं,‘गौरीले भनिन्,‘व्यापारीले किलोको जम्मा ८० रुपैंया सम्म दिने गरेका छन्, त्यही भए पनि तेल साबुन किन्न पुगेको छ ।’

यस अघि केही गैर सरकारी संस्थाले जिल्लामा अल्लो प्रशोधन केन्द्र स्थापना गरेक थिए । गैर सरकारी संस्थाको कार्यक्रम अबधि सकिएसँगै प्रशोधन केन्द्रहरु हराएका हुन् । स्थानीय सरकारले पनि त्यसमा चासो नदेखाएको बोगटान फुड्सिल गाउँपालिका रमेश बमले बताए ।
जिल्लाका विभिन्न पालिकाहरुले बेला बेलमा अल्लोको सामाग्री बनाउने तालिम दिएको देखिन्छ । तर ब्यवसायिक रुपमै अल्लो प्रशोधन गरि ब्यवसाय गरेका एक दुई जना बाहेक जिल्लामा अरु भेटिदैनन ।

जिल्लाको बडिकेदार,जोरायल लगाएत गाउँपालिकाको विभिन्न ठाउँमा प्रशस्त रुपमा अल्लो पाउने हुँदा यस बर्ष अल्लो प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताउनु भयो । उहाले अल्लो प्रशोधन गरि विभिन्न सामाग्री बनाउन सकिने भन्दै जङ्गलमा त्यतिकै खेर गैरहेको बस्तुलाइ विभिन्न सामाग्री निर्माण गरेर बेच्न सकिन्छ। दुई चार जना युबाले गाउमै रजगार पनि पाउँछन् । त्यसैले यस बर्ष नै अल्लो प्रशोधन केन्द्र स्थापन गर्ने उहाँले बताउनु भयो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.