असोज २० जोरायलकोलागी कालो दिन; कत्पत्ते बस दुर्घटनाको १० बर्ष पूरा

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

असोज २० लाई जोरायलबासीले कालो दिनको रुपमा मान्दै आएकाछन । देश नै स्तब्ध हुने गरी जोरायल बस दुर्घटना भएको आज आइतबार असोज २० मा ठीक १० वर्ष पुरा भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु केवल स्मृतिमा रहे । सामान्य घाइतेका घाउहरू पनि पुरिए । अपाङ्गता भएकाले जसोतसो जीवन चलाउँदै छन् । तर, उनीहरूका मनका घाउ पुर्न दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले अझै क्षतिपूर्ति र राहत पाउन सकेका छैनन् ।

तत्कालीन छतिवन गा वि स र हालको जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा २९ जनाको ज्यान जाने गरि बस दुर्घटना भएको थियो। जोरायलमा घरपरिवार र आफन्तको दशैँ टिका थापेर अन्यत्र टीका थाप्न र आफ्नो घर तथा कर्मथलो फर्किर्दै गर्दा उक्त दुर्घटना भएको थियो ।२०७१ साल असोज २० गते भएको बस दुर्घटनामा कर्मचारी ,सुरक्षाकर्मी , पत्रकार ,बालबालिका सहित २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते तथा अंगभंग भएका थिए ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

दुर्घटनाका मृतकका परिवार तथा घाइते हुनेले नियमानुसार पाउनुपर्ने क्षतिपूर्ति १० बर्ष बितिसक्दा समेत सम्बन्धित निकायबाट नपाएको गुनासो छ । उक्त अकल्पनीय दुर्घटनामा घाइते भएकाहरु अहिलेपनि शारीरिक र मानसिक समस्यामा रहेकाछन ।

दुर्घटनामा परी अपांग भएकी कृष्णा शाही र कल्पना विष्टले अझै प्रभावकारी उपचार पाएका छैनन् । कृष्णा शाही पूर्ण अपांग छिन् । उनको कम्मरमुनिका अंगले काम गर्दैनन् । त्यसैगरी बिष्ट ह्विलचेयरको साहयतामा जीवन चलाउदै छिन ।कमजोर शारीरिक र आर्थिक अवस्थाका कारण अहिले घाइते उनीहरुले कष्टकर जीवन बिताइरहेकी छन् ।

गाडीको क्षमता भन्दा बढी यात्रु , कच्ची र जोखिमपुर्ण सडकले गर्दा उक्त अकल्पनीय दुर्घटना र क्षति जोरायलले भोग्न परेको थियो । बुडर जोरायल सडक खण्डमा भएको दुर्घटनाको १० बर्ष बितिसक्दा समेत अझै सडकको स्तर खासै सुधार भएको देखिदैन ।आजभोलिपनि दैनिक सयौं यात्रु यो सडकमा जोखिमको यात्रा गर्न बाध्य छन ।सडक कालोपत्रेको काम लगभग ६/७ बर्ष देखि सुरुवात भएको भएपनि अहिलेसम्म अपेक्षित काम हुन सकेकोछैन ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.