व्यवसायीबाट पार्टीको केन्द्रीय कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

 

काठमाडौँ- व्यवसायी एवम् भाटभटेनी संचालक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन दिएको जग्गा र भवन उनैले बनाइदिने गरी गरेको सिलन्यासको एमाले भित्रैका नेताहरुले विरोध एवम् असन्तुष्टि जनाउनु भएको छ ।

सामाजिक संजालमा एमाले नेताहरुले व्यवसायीले पार्टी कार्यालय बनाइदिने विषयले एमाले नेता कार्यकर्ता मात्र नभइ मतदाताको समेत अपमान भएको प्रतिक्रिया सार्वजनिक गर्नु भएको हो ।

पोषण खाजा सम्बन्धि सन्देश

नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने भनी गरिएको शिलान्यासले साढे ५ लाख सदस्यको शिर झुकाएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गर्नु भएको छ ।

जिल्ला वन डोटी

कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने चेतावनी समेत उहाँले दिनु भएको छ ।

उक्त विषय पार्टीमा छलफल, निर्णय नभएको र जानकारी समेत नभई गरिएको यो कार्यले २८ लाख एमालेका मतदाताको समेत अपमान भएको उहाँको भनाइ छ ।

पाण्डेले फेसबुकमा लेख्नु भएको छ, ”साढे पाँच लाख पार्टी सदस्यकेा स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताकेा अपमान गर्ने कदम हेा येा । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीकेा सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै हेा ।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तेा सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत हेा । दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्विकार गर्नेले पार्टीकेा निर्णायक तहमा छलफल र निर्णय त परकेा कुरा जानकारी समेत नहुने गरी गरिएकेा येा निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।

समय घर्की सकेकेा छैन । मनमेाहन र मदनहरुले उचेा बनाएकेा पार्टीकेा इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेकेा गैारव जेागाउने हेा भने येा ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सेाचैा ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.