बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाण्डू, २९ असोज- सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको हो ।

पोषण खाजा सम्बन्धि सन्देश

पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ बढेको निगमको भनाइ छ ।

जिल्ला वन डोटी

भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा  मूल्य बढाइएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १५८ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १५९ रूपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटरको १५१ रूपैयाँ पर्छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.