डडेल्धुरामा बस दुर्घटना चारकाे मृत्युु १२ जना घाइते

पुन्ना तालिम केन्द्र

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएकाे छ भने अन्य १२ जना घाइते भएका छन् ।

 

अमरगढी नगरपालिका-७ काे खसरेखानमा गएराति पवनदुत यातायातकाे ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीकाे पुर्चाैडी नगरपालिका-३  बस्ने ४५ वर्षीया जैमति बाेहाेरा,२१ वर्षीया कमला बाेहाेरा, उनकाे दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बाेहाेराकाे मृत्युु भएकाे जानकारी दिए ।

उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

बस महेन्द्रनगरबाट बैतडीकाे पुर्चाैडीतर्फ गइरहेको थियाे । दुर्घटनामा घाइते भएका अन्य १२ जनाकाे डडेल्धुरा अस्पतालमा उपचार जारी छ ।

बसमा १७ जना सवार रहेको भएपनि एक जना अझै फेला नपरेकाे प्रहरीले जनाएको छ ।बस दुर्घटनाको कारण भने खुल्न सकेकाे छैन् ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.