
भारतको दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रिटर्नी सेन्टर नेपालका इन्चार्ज, सुदूरपश्चिम प्रदेश सांसद माननीय शिव सिंह ओलिलाई दिल्लीमा भव्य स्वागत गरिएको छ। उनको प्रमुख आतिथ्यतामा सुप समाज दिल्ली राज्य समितिका अध्यक्ष लोकेन्द्र चुनाराको नेतृत्वमा अखिल भारत नेपाली एकता मञ्चको ९ सदस्यीय मध्य दिल्ली सम्पर्क नगर समिति गठन गरिएको छ।

समिति गठनमा लोकेन्द्र चुनारा र ललित सुनारको विशेष पहल रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि माननीय ओलिले नवगठित समितिका पदाधिकारीहरूलाई अबिर र दोसल्ला लगाइ सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए।

नयाँ गठित समितिमा लोकेन्द्र चुनारा अध्यक्ष, पुनम पाण्डे उपाध्यक्ष, सतपाल बिक सचिव, राजेश चन्द्र सह-सचिव, लक्ष्मी सार्की कोषाध्यक्ष, पुनम बिक, ममता सार्की, पूजा सार्की र बिस्ना देवी सदस्यका रूपमा चयन भएका छन्।
सल्लाहकार समितिमा संयोजक ललित सुनार, सदस्य बिस्ना सुनार र लिला सार्की रहेका छन्।



