बागमती प्रदेशमा विपद्: चालु वर्षको तीन महिनामा १९१ जनाको मृत्यु, ३ अर्ब ४४ करोडको क्षति

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद् घटनाले भयावह क्षति पुर्याएको छ। उपत्यकाबाहेकका १० जिल्लामा विपद्‌बाट १९१ जनाले ज्यान गुमाएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय, मकवानपुर हेटौँडाका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार असोज ११ र १२ मा मात्र १७७ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पहिरोबाट १५७ जना, बाढीमा ११ जना र डुबानमा परी ९ जनाको ज्यान गएको छ। यस्तै, करेन्ट लागेर ८ जना, चट्याङ लागेर ४ जना, आगलागी र जनावरको आक्रमणबाट १/१ जनाको मृत्यु भएको छ। यस अवधिमा १७३ जना घाइते भएका छन् भने ११ जना अझै बेपत्ता छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

प्राकृतिक विपद्बाट बागमती प्रदेशमा जनधनको ठूलो क्षति भएको छ। प्रहरीका अनुसार ९,७७८ पंक्षी र ५१६ चौपाया मरेका छन् भने १७१ पक्की, ६७३ कच्ची घर, १६१ गोठ र ९३ सवारी साधनमा क्षति पुगेको छ। थप रूपमा, ८३ विद्यालय र १२ सरकारी कार्यालय पनि प्रभावित भएका छन्।

पुल र सडकको क्षतिले संघीय राजधानी काठमाडौँलाई जोड्ने सडक मार्गमा अवरोध उत्पन्न भएको छ भने ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ। यस्ता घटनामा हालसम्म रु ३ अर्ब ४४ करोड ५३ लाख ६१ हजार बराबरको धनमालको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ।

प्रभावित क्षेत्रहरूमा सडक पुनः सञ्चालन गर्न प्रयास भइरहेको र बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रवक्ता रेग्मीले बताए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.