डोटीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटीमा जंगली बँदेलको आक्रमणबाट एक स्थानीय पुरुषको मृत्यु भएको छ। बडिकेदार गाउँपालिका–१, धामीगाउँका २७ वर्षीय नरेश बडैला (नकुल) बँदेलको आक्रमणमा परी ज्यान गुमाएका हुन्।

जिल्ला वन डोटी

नरेशका पिता धर्मसिंह बडैलाका अनुसार आज दिउँसो करिब २ बजेतिर नरेश जंगलमा बाख्रा चराउन गएका थिए। सोही क्रममा जंगली बँदेलले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। घाइते नरेशलाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

यस घटनाले डोटी जिल्लामा जंगली जनावरहरूको आक्रमणबाट स्थानीय समुदायको सुरक्षामा चुनौती थपेको छ। स्थानीयहरूले जंगली जनावरहरूको आतङ्कबाट जोगिन उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.