ड्युटीमा रहेका प्रहरी वरिष्ठ हवलदारको निधन

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

डोटीको घाङल प्रहरी चौकीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार केशवसिंह धामीको ड्युटीमा रहेका बेला निधन भएको छ। अचानक बेहोस भएपछि उपचारका लागि धनगढी ल्याइएका धामीको अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टका अनुसार धामी हिजो राति करिब ८ः३० बजेतिर बेहोस भएका थिए। दार्चुला घर भएका धामी घाङल प्रहरी चौकीमा कार्यरत थिए। बेहोस भएपछि उनलाई तत्काल सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याइएको थियो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चिकित्सकहरूले धामीलाई मृत घोषणा गरेका थिए। यद्यपि, उनको मृत्युको कारण खुल्न सकेको छैन र पोस्टमार्टम प्रक्रिया बाँकी रहेको बताइएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.