कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको राजीनामा

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन्। मन्त्री अधिकारीले मन्त्रिपरिषद्को स्वीकृति बिना जापान भ्रमणमा गएपछि विवाद उत्पन्न भएको थियो, जसका कारण उनले पद छोड्न बाध्य भएका हुन्।

जिल्ला वन डोटी

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो राजीनामा घोषणा गरेका छन्। उनले आफ्नो राजीनामा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाइसकेको बताए।

पोषण खाजा सम्बन्धि सन्देश

नेपालको कानुन अनुसार, कुनै पनि मन्त्रीले विदेश भ्रमण गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने प्रावधान रहेको छ। साथै, प्रदेश सरकारका मन्त्रीहरूले विदेश जानका लागि प्रदेश मन्त्रिपरिषद्को निर्णयसमेत आवश्यक पर्छ। तर, मन्त्री अधिकारीले यो प्रक्रिया पूरा नगरी जापान गएको समाचार बाहिरिएपछि उनी विवादमा परेका थिए।

गत कात्तिक १३ गते जापान प्रस्थान गरेका अधिकारी टोकियो महानगरको आयोजनामा भएको एक कार्यक्रममा सहभागी भएका थिए। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा अधिकारी एमालेबाट मन्त्री बनेका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.