चीनसँग भएका सम्झौता तत्काल कार्यान्वयनमा लैजान विज्ञहरूको सुझाव

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

 

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा रहेका बेला विज्ञहरूले यसअघि भएका चीनसँगका सम्झौताहरूको कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन्।

काठमाडौंमा फ्रेन्ड्स अन द क्लाउड, प्लेटफर्म अफ इन्फ्लुयन्स नेपालले आयोजना गरेको ‘नेपाल-चीन द्विपक्षीय सम्बन्ध’ विषयक गोष्ठीमा वक्ताहरूले सम्झौताहरू कार्यान्वयनमा भइरहेको ढिलाइ र चीनको द्रुत विकासबाट नेपालले पाउन सक्ने फाइदाबारे सरकारको ध्यानाकर्षण गराए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

नेपाल-चीन मामिलाका विज्ञ डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री ओलीले सद्भावका साथ बेइजिङ भ्रमण गर्न र त्यसैगरी नेपाल फर्किनुपर्ने धारणा राखे। त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक विपिन देवले चीनको नीति र परियोजनाबाट नेपालले फाइदा लिनुपर्ने अवसरको उपयोगमा जोड दिए। उनले परराष्ट्र मन्त्रालयको भूमिका संकुचित पारेर दुई दलीय संयन्त्रका आधारमा वैदेशिक सम्बन्ध सञ्चालन गर्न नहुने पनि बताए।

वक्ता डा. विष्णुराज उप्रेती, केशव सिग्देल, दीपक पाण्डे, महेश दाहाल, र सुरेन्द्र उप्रेतीले २०१७ मा बिआरआई परियोजनामा हस्ताक्षर भइसके पनि राजनीतिक अस्थिरताका कारण कार्यान्वयनमा ढिलाइ भएको र अब ती सम्झौताहरू अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

संस्थाका अध्यक्ष शोभित उप्रेती र बाग्मती प्रदेशका सभामुख भुवन पाठकले दुई देशको सम्बन्धका बहुआयामिक पक्षमा चर्चा गर्दै प्रधानमन्त्रीको भ्रमणलाई अवसरमा बदल्न सरकारलाई आग्रह गरे। साथै, उप्रेती र पाठकले सगरमाथाको आरोहण गरी कीर्तिमान राख्ने कल्पना महर्जनलाई २५ हजार नगदसहित सम्मान पनि गरे।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.