देशैभर किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ दिइने

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

देशभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ आगामी माघ २२ गतेदेखि निःशुल्क वितरण गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। त्यसको रोकथामका लागि करिब १७ लाख किशोरीलाई लक्षित गर्दै खोप अभियान सुरु गर्न लागिएको हो।

जिल्ला वन डोटी

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को अवसरमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिने योजना रहेको बताउनुभयो। यो खोपले ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने उहाँको भनाइ छ।

पोषण खाजा सम्बन्धि सन्देश

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले देशभर १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र स्थापना गरिने जानकारी दिनुभयो। साथै, २७ हजार ८० जना स्वास्थ्यकर्मी र ५४ हजार एक सय ६० जना स्वयंसेवक परिचालित हुनेछन्। अभियानको सफलताका लागि १५ हजार छ सय ७४ सुपरिवेक्षकसमेत खटाइनेछन्।

डा. गौतमका अनुसार, “यो विद्यालय केन्द्रित खोप अभियान हो जसलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गरिनेछ।”

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.