डिभिजन सडक जनचेतनामूलक सन्देश

डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, सात जना घाइते

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

डडेल्धुरा। डडेल्धुरामा भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

पर्शुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्रामा लु १ ज ४५७९ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो। महेन्द्रनगरबाट सलेता जाँदै गरेको जीप सडकबाट करिब ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

दुर्घटनामा ज्यान गुमाउने दुवै महिला रहेको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ। घाइते सात जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि धनगढी पठाइएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सडकखण्डमा दुर्घटनाका घटनाहरू दोहोरिरहेकाले यात्रु र सवारीचालकलाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.