डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, सात जना घाइते

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डडेल्धुरा। डडेल्धुरामा भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

जिल्ला वन डोटी

पर्शुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्रामा लु १ ज ४५७९ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो। महेन्द्रनगरबाट सलेता जाँदै गरेको जीप सडकबाट करिब ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

दुर्घटनामा ज्यान गुमाउने दुवै महिला रहेको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ। घाइते सात जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि धनगढी पठाइएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सडकखण्डमा दुर्घटनाका घटनाहरू दोहोरिरहेकाले यात्रु र सवारीचालकलाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.