कैलालीमा गोदाममा आगलागी, निभाउने क्रममा तीन घाइते

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियामा रहेको गोदाममा मंगलबार राति आगलागी हुँदा तीन जना घाइते भएका छन्।

द्वारिकाप्रसाद धमलाको चार तले घरको दोस्रो तलामा रहेको कपडा र इलेक्ट्रोनिक सामानको गोदाममा आगलागी भएको थियो। आगो निभाउने क्रममा ८२ वर्षीय घरधनी मुक्तिप्रसाद धमला, ३९ वर्षीय टेकराज जोशी, र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर घाइते भएका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार जोशी र प्रहरी जवान मगरको हात र मुख जलेको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गरी डिस्चार्ज गरिएको छ।

आगलागीबाट करीब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो घोडाघोडी, लम्कीचुहा, र टीकापुर नगरपालिकाका दमकलहरूको सहयोगमा राति करीब १० बजेतिर नियन्त्रणमा लिइएको थियो।

आगलागीको कारण खुल्न सकेको छैन भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.