मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य: विज्ञहरूको सुझाव

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौं— चीनसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन नेपालको समृद्धिका लागि अनिवार्य रहेको विज्ञहरूले बताएका छन्।

काठमाडौंमा आज आयोजित अन्तरक्रियामा कांग्रेस नेता डा. गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती, र परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बीआरआई सम्झौता नेपालको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गरे। उनीहरूले सुरुङ मार्ग, सडक निर्माण, र जलविद्युत् परियोजनाहरूमा बीआरआईको प्रयोगले ठोस आर्थिक लाभ हुने विश्वास व्यक्त गरे।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

अन्तरक्रियामा बोल्दै विज्ञहरूले बीआरआईलाई कुनै पनि देशविरुद्धको परियोजनाका रूपमा नबुझ्न आग्रह गरे। “नेपालले आफ्नो विकासका लागि आवश्यक पर्ने सहयोग लिनुपर्छ। यो सम्झौताबाट मुलुकको पूर्वाधार निर्माणमा ठूलो टेवा पुग्नेछ,” विदेश मामिला विज्ञ सुवेदीले बताए।

सरकारले हिजो मात्रै परराष्ट्र मन्त्रालयमार्फत बीआरआई सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो। सम्झौता ऋण कि अनुदान भन्ने विषयमा बहस चलिरहेका बेला यो विवरणले थप स्पष्टता ल्याएको छ। “पूर्णपाठ सार्वजनिक भएपछि अहिले हामीले सम्झौताको व्यावहारिक पक्षलाई अझ राम्रोसँग बुझ्न पाएका छौं,” राप्रपा नेता उप्रेतीले बताए।

नेता पोखरेलका अनुसार, नेपालको दीर्घकालीन आर्थिक विकासका लागि बीआरआई परियोजनाहरूको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ। “यो सम्झौताले नेपालको भौतिक पूर्वाधार विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।

कार्यक्रमका सहभागीहरूले बीआरआई परियोजनाको कार्यान्वयनका लागि सबै राजनीतिक दल र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको र यो परियोजना नेपालको समृद्धिको आधार बन्ने विश्वास व्यक्त गरे।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.