माओवादीको आमसभा: भ्रष्टाचारविरुद्ध सुदूरपश्चिममा अभियान

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

कञ्चनपुरको पुनर्वास नगरपालिका–६, प्रतिभानगरमा नेकपा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै आमसभा आयोजना गरेको छ। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए।

जिल्ला वन डोटी

सभामा माओवादी केन्द्रले सुदूरपश्चिमका विकास योजनामा पारदर्शिता र प्रभावकारीता सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउन माओवादीले सुदूरपश्चिममा व्यापक अभियान चलाउने बताए।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा विभिन्न दल परित्याग गरी पाँच सयभन्दा बढी नेता–कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पुनर्वास क्षेत्रको सीमित बजेट र अनियमिततासँग लड्न माओवादी केन्द्रले सशक्त कदम चाल्ने बताए।

आमसभामा जिल्लाभरका नेता–कार्यकर्ताको व्यापक उपस्थिति रहेको थियो। सहभागिहरूले सुदूरपश्चिमको विकासका लागि माओवादी केन्द्रलाई एकताबद्ध बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.