मरेको कुखुराको मासु खाँदा अछाममा किशोरको मृत्यु, परिवारका ३ बिरामी

पुन्ना तालिम केन्द्र

अछाम, पुष १४ – अछामको कमलबजार नगरपालिका-३ बयलामा मरेको कुखुराको मासु खाएपछि एक किशोरको मृत्यु भएको छ भने परिवारका तीन सदस्य बिरामी परेका छन्।

जिल्ला वन डोटी

१५ वर्षीय कमल बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएका थिए। मासु खाएपछि उनलाई पेट दुख्ने, वान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिएको थियो। आइतबार उनको मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन्।

मृतकका परिवारका अन्य सदस्यहरू, ७० वर्षीया हजुरआमा, १४ वर्षीया बहिनी सीता बिक, र ९ वर्षीय भाइ विकास बिकलाई पनि त्यस्तै स्वास्थ्य समस्या देखिएको छ। हाल उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

मृतक किशोरका आमाबुवा रोजगारका लागि भारतमा रहेका छन्। घटनापछि स्थानीय प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको छ। मासु पसल सञ्चालकलाई निगरानीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.