
डोटी – नेकपा (माओवादी केन्द्र) बडीकेदार गाउँ संगठन समितिको दोस्रो सम्मेलनले करि मन्नीलाई सर्वसम्मत रूपमा गाउँपालिका कमिटी अध्यक्ष चयन गरेको छ।

सम्मेलनले उपाध्यक्षमा टेक बोहरा, मान ब रोका मगर, र उपेन्द्र बोहरा, सचिवमा बलबहादुर बुढा, सहसचिवमा प्रेम घर्ती मगर, र कोषाध्यक्षमा देवीसरा देवी घर्ती मगरलाई चयन गरेको छ। साथै, ४५ सदस्यीय नयाँ समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो।

कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्ट, प्रदेश सभा सदस्य शिवसिंह ओली लगायतको उपस्थिति थियो। सम्मेलनले संगठन सुदृढीकरण र भावी रणनीति तय गर्न महत्त्वपूर्ण छलफल गरेको जनाएको छ।



