बैतडीको सिगास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

पुन्ना तालिम केन्द्र

बै
बैतडी, मंगलबार बिहान ७:५४ बजे बैतडीको सिगास गाउँपालिका-७ न्वाघरलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यो भूकम्पले बैतडी, डोटी, र बझाङका सिमावर्ती क्षेत्रमा प्रभाव पारेको छ।

जिल्ला वन डोटी

बिहानै भूकम्पको झड्का महसुस भएपछि नागरिकहरू त्रसित हुँदै घरबाहिर निस्केका थिए। पछिल्ला केही महिनादेखि सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बारम्बार भूकम्पीय गतिविधि भइरहेकाले स्थानीयहरूमा त्रास बढेको छ।

हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभए पनि घर र संरचनामा हल्का क्षति भएको हुनसक्ने अनुमान गरिएको छ। जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सावधानी अपनाउन र आपत्कालीन अवस्थामा सुरक्षित स्थानमा बस्न नागरिकहरूलाई आग्रह गरेको छ।

भूकम्पका कारण उत्पन्न त्रासको बीचमा विज्ञहरूले यस क्षेत्रका भूगर्भीय अस्थिरता गम्भीर भएको बताउँदै सतर्कता अपनाउन सुझाव दिएका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.