
डोटी: नेकपा माओवादी केन्द्र दिपायल सिलगढी नगरपालिकाको दोस्रो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। नगर अध्यक्षसहित प्रमुख पदहरूको चयनका लागि सहमति हुन नसकेपछि आज पुनः छलफल र सहमतिको प्रयास जारी छ।

सम्मेलनका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी नयाँ व्यक्तित्वहरू माओवादी केन्द्रमा सहभागी भएका छन्। उनीहरूलाई प्रमुख अतिथि एवं प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीमा औपचारिक स्वागत गर्नुभएको हो।

नगरपालिकाका १ देखि ९ वडासम्मका सबै वडा कमिटीहरू सर्वसम्मत चयन गरिएको छ। माओवादी केन्द्रको नेतृत्वले यसलाई संगठन सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ।
डोटी जिल्लामा माओवादी केन्द्रको गतिविधि तीव्र रूपमा अघि बढिरहेको छ। हालसम्म ६ स्थानीय तहमा पालिका सम्मेलनहरू सम्पन्न भएका छन्। बाँकी पालिकाहरूमा सम्मेलन सम्पन्न गर्न तयारी तीव्र बनाइएको माओवादी केन्द्रका जिल्ला नेतृत्वले बताएका छन्।



