दिपायल सिलगढीमा माओवादी केन्द्रको नेतृत्वमा सहमति, अध्यक्षमा गणेश साउद चयन

पुन्ना तालिम केन्द्र

डोटी: नेकपा माओवादी केन्द्र दिपायल सिलगढी नगरपालिकाको सम्मेलनले सर्वसम्मत रूपमा गणेश साउदलाई अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ। नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्ष आशिष बिष्ट, उपाध्यक्ष शंकर साउद, सचिव सरिता दयाली, सहसचिव सन्तोष खड्का, र कोषाध्यक्ष हिरा बिक रहेका छन्।

जिल्ला वन डोटी

सहमतिको प्रयासबाट नेतृत्व चयन भएको भन्दै नवनिर्वाचित अध्यक्ष साउदले संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रतिबद्धता जनाउनुभएको छ। “सहमतिको प्रक्रिया सफल भएकामा खुशी छु। जिम्मेवारी थपिएको छ, जसलाई कुशलतापूर्वक पूरा गर्नेछु,” उहाँले भन्नुभयो।

डोटीमा माओवादी केन्द्रले संगठन विस्तारलाई प्राथमिकता दिँदै स्थानीय तहसम्मको उपस्थिति बलियो बनाउने क्रम जारी राखेको छ। जिल्ला सचिव डबलबहादुर सिंहका अनुसार, हालसम्म ६ स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न भइसकेका छन्। बाँकी पालिकाहरूमा पनि चाँडै सम्मेलन सम्पन्न गरिनेछ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.