
डोटी :डोटीको एक घरमा आगलागी भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ कोटगैरा का भीमबहादुर बोहराको घर र घरसँगै जोडिएको गोठमा शुक्रबार राती आगलागी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भरत बमका अनुसार बोहराको घरमा आगलागी हुँदा घरमा भएको खाद्यान्न लत्ताकपडा, सुन, चाँदी, लगायत नगद १ लाख २० हजार रुपैयाँ समेत पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय र पशु-चौपायामा भने कुनै क्षति नभएको वडा अध्यक्ष बमले बताउनु भयो ।
आगलागी बाट क्षति भए पछि तत्कालका लागी प्रहरी चौकी र वडा अध्यक्षको अनुगमनपछि राहत स्वरुप वडा अध्यक्ष बमले ब्यक्तिगत रूपमा त्रीपाल ,दाल ,चामल, तेल, लगायतका खाद्यन सामग्री उपलब्ध गराएको र बाँकी राहातको लागी गाउँपालिका संग समन्वय गरेर बिपत्ति ब्यवस्थापन कोष बाट राहत उपलब्ध गराइने जानकारी दिनु भएको छ ।


