रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश, तर तत्काल नछुट्ने

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौँ – कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। तर, उनी तत्काल छुट्ने अवस्थामा छैनन्।

जिल्ला वन डोटी

रविविरुद्ध कास्कीबाहेक अन्य जिल्लामा पनि पक्राउ पुर्जी जारी भइसकेकाले कास्कीमा धरौटी बुझाएपछि पनि उनी छुट्न नसक्ने देखिएको छ। यसअघि नै काठमाडौँ जिल्ला अदालतमा पनि उनीविरुद्ध मुद्दा अभियोजन भइसकेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

कास्कीको थुनछेक प्रक्रिया सकिएपछि लामिछानेलाई अब काठमाडौँ ल्याउने तयारी भइरहेको छ। यसैबीच, रुपन्देही, पर्सा, र चितवन प्रहरीले पनि लामिछानेविरुद्ध जारी मुद्दाका सम्बन्धमा कास्की प्रहरीलाई आवश्यक सहयोगका लागि पत्राचार गरिसकेको छ।

कास्की प्रहरीका एसपी श्यामबाबु ओलीयाका अनुसार, लामिछानेले कास्कीमा धरौटी बुझाएपछि उनलाई काठमाडौँ पठाइनेछ। तर, अन्य जिल्लाका मुद्दाको थुनछेक आदेश नभएसम्म उनलाई पूर्ण रूपमा रिहा गरिने सम्भावना छैन।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.