दिपायलको पिपला बजारमा ‘न्यू गरिमा सुनचाँदी गहना पसल’ सञ्चालनमा

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटीको दिपायल स्थित पिपला बजारमा ‘न्यू गरिमा सुनचाँदी गहना पसल’ माघे संक्रान्तिको अवसरमा मंगलबार सञ्चालनमा आएको छ। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अशोक बरालले उक्त पसलको उद्घाटन गर्नुभएको हो।

जिल्ला वन डोटी

करिब १५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यस पसलले आधुनिक शैलीका सुनचाँदीका गहना उपलब्ध गराउने छ। उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले दिपायल क्षेत्रको आर्थिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

पोषण खाजा सम्बन्धि सन्देश

पसलका प्रोप्राइटर रविन्द्र सोपका अनुसार पसलमा नेपाली शैलीका सबै प्रकारका गहना पाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिनेछ।

सुनचाँदी व्यवसायी संघ डोटीका अध्यक्ष दिपेन्द्र सोपका अनुसार डोटी जिल्लामा हाल करिब १५० वटा आधुनिक डिजाइनका सुनचाँदी पसल सञ्चालनमा छन्। नयाँ पसल सञ्चालनले यस क्षेत्रमा व्यवसायिक प्रतिस्पर्धा बढाउँदै स्थानीय उपभोक्तालाई नयाँ विकल्प दिने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.